hamro purnima sahitya pratishthan ko parichay ,हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको स्थापना ,परिचय र साहित्यिक गतिविधि , हाम्रो कोहलपुर
' हाम्रो कोहलपुर ' स्थानीय पुस्तकमा लेखक रामप्रसाद चापागाईँले साहित्य विधा तर्फ दिएको जानकारी अनुसार ' हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान ' को स्थापना र गतिविधि सम्वन्धि परिचय यस प्रकार छ। स्थानिय साहित्य र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान : कोहलपुरमा साहित्यसँग जोडिएर आउने संस्थाको नाम हो ' हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर ' । यो प्रतिष्ठानको स्थापना २०६८ सालमा भएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान स्थापना हुनु पूर्व कोहलपुरमा रहेका विभिन्न साहित्यिक संस्था र साहित्यिक गतिविधिलाई समन्वय गर्न आवश्यक थियो । विशेषतः कोहलपुरका कवि , कलाकार तथा सर्जकहरूले समुह बनाएर सहकार्य गर्दै आएका थिए । कोहलपुरका लेखक तथा सर्जकहरू संगठित भएर धर्म बहादुर केसीको नेतृत्वमा 'पूर्णिमा साहित्य समूह ' को गठन गरेका थिए । सोही समूहले गोपाल प्रसाद आचार्यलाइ प्रधान सम्पादक बनाएर वि.स. २०५७ सालमा 'पूर्णिमा ' साहित्यिक पत्रिकाको पहिलो अंक प्रकाशन गर्यो । गोपाल प्रसाद आचार्यबाट पत्रिकाले निरन्तरता पाउन नसकेपछि दोस्रो अंकबाट सागर गैरेलाई प्रधान सम्पाद...