hamro purnima sahitya pratishthan ko parichay ,हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको स्थापना ,परिचय र साहित्यिक गतिविधि , हाम्रो कोहलपुर

  ' हाम्रो कोहलपुर ' स्थानीय पुस्तकमा लेखक रामप्रसाद चापागाईँले साहित्य विधा तर्फ दिएको जानकारी अनुसार 

 ' हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान ' को स्थापना र गतिविधि सम्वन्धि परिचय यस प्रकार छ।

स्थानिय साहित्य र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान :

कोहलपुरमा साहित्यसँग जोडिएर आउने संस्थाको नाम हो ' हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर ' । यो प्रतिष्ठानको स्थापना २०६८ सालमा भएको हो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान स्थापना हुनु पूर्व कोहलपुरमा रहेका विभिन्न साहित्यिक संस्था र साहित्यिक गतिविधिलाई समन्वय गर्न आवश्यक थियो । विशेषतः कोहलपुरका कवि , कलाकार तथा सर्जकहरूले समुह बनाएर सहकार्य गर्दै आएका थिए । कोहलपुरका लेखक तथा सर्जकहरू संगठित भएर धर्म बहादुर केसीको नेतृत्वमा 'पूर्णिमा साहित्य समूह ' को गठन गरेका थिए । सोही समूहले गोपाल प्रसाद आचार्यलाइ प्रधान सम्पादक बनाएर वि.स. २०५७ सालमा 'पूर्णिमा ' साहित्यिक पत्रिकाको पहिलो अंक प्रकाशन  गर्‍यो ।  गोपाल प्रसाद आचार्यबाट पत्रिकाले निरन्तरता पाउन नसकेपछि दोस्रो अंकबाट सागर गैरेलाई प्रधान  सम्पादक बनाएर पूर्णिमा साहित्य समूहले 'पूर्णिमा ' पत्रिकालाई निरन्तरता दिन थाल्यो। पछिल्लो समय यो पत्रिका 'हाम्रो पूर्णिमा ' क नामले प्रकाशित हुँदै आएको छ। आजसम्म ५० अंक बढी प्रकाशित भइसकेको छ ।

पूर्णिमा साहित्यिक समूह स्थापनाको झण्डै एक दशकपछि कोहलपुरले साहित्यिक जागरण सुरू गर्‍यो । कोहलपुरमा क्रियाशिल साहित्यिक संस्थाहरूलाई एकीकृत गरी साहित्यको माध्यमबाट कोहलपुरलाई चिनाउने अभियान अगाडि बढाइयो ।

धर्म के.सी. को नेतृत्वमा रहेको 'पूर्णिमा साहित्य समूह (२०५७ )', महानन्द ढकालको नेतृत्वमा रहेको ' तुलसीराम स्मृति प्रतिष्ठान (२०६२ ) ', बेगम थापा, बद्री ढकाल हिरामणिको सक्रियतामा 'नौंलो सुनखरी ' पत्रिका प्रकाशन गर्दै आएको  क्रियाशील  "नव युवा साहित्य प्रवर्द्धन समूह (२०६६ )" र कपिल अन्जान, हेम प्रकाश मञ्जिल, हुकुम धड्कन लगायतले सुरु गरेको 'गजल साँझ (२०६७ )'गरि मुख्य चारवटा संस्था आवद्ध रहेका विभिन्न साहित्यिक व्यक्तित्वको भेलाले  "हाम्रो  पूर्णिमा साहित्य प्रतिष्ठान कोहालपुर " स्थापना गरेको हो । महानन्द ढकालको नेतृत्वमा यस ‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर ’ नामक प्रतिष्ठानको बैधानिक स्थापना गरी जिल्ला प्रशासन कार्यालय बाँकेमा  दर्ता नम्बर १२०८ /०६८ - ६९ मा दर्ता भएको देखिन्छ ।

यो प्रतिष्ठान मार्फत देशले देख्न र सुन्न सक्ने गरि कोहलपुरमा विभिन्न साहित्यिक गतिविधिहरू थाले । यसले नयाँ सर्जकहरुलाई उठाउने, पुराना साहित्यकारुलाई सम्मान गर्ने ,विभिन्न कृतिहरू प्रकाशन गर्ने, पत्रिका प्रकाशन र विभिन्न नियमित तथा आकस्मिक कार्यक्रमहरू गर्दै आएको छ । यस संस्थाले ४ वटा राष्ट्रिय पुरस्कार स्थापना गरि हरेक वर्ष दिदैँ आएको छ। 'पू्र्णिमा साहित्य रत्न ' पुरस्कारको राशी २५ ,५५५ रहेको छ ।


Comments

Popular posts from this blog

शारिक़ रब्बानी, शायर साहित्यकार व समाज सेवी, भोपाल (मध्यप्रदेश)- भारत। मुकुर लघुकथा पढेपछिको प्रतिक्रिया