Posts

Showing posts from October, 2025

बाँकेको दोस्रो हाइकु सङ्ग्रह 'दामको पूजा ' र कृतिकार बद्री ढकाल हिरामणिको बारेमा पोखराका चर्चित साहित्यकार असफल गौतम द्वारा गरिएको समिक्षा। नेपाली लघु कविता संग्रह दामको पूजा

   " हिरामणि बन्ने अभियानमा दामको पूजा " समिक्षक:- असफल गौतम    बद्री ढकाल (२०३२), स्याङ्जाको फापरथुममा पिता निधुप्रसाद र माता खिमादेवी ढकालको कोखबाट जन्मेका श्रष्टा हुन् । एक श्रीमती (राधिका ) सहित दुई छोराछोरी (सरोज र पद्मजयन्ती) का अभिभावक बनेका ढकाल आफूलाई "हिरामणि" को नामबाट चिनाउन चाहन्छन् । फापरथुमबाट पोखरा हुँदै कोहलपुरसम्म पुगेका ढकाल जिन्दगीको यात्रालाई चक डस्टरको धुलोसँग साटेर सोही स्थानमा रहेर दैनिकीको गुजारा चलाउँदै आएका छन् । विज्ञानका विद्यार्थी ढकाल विज्ञान स्तम्भ लेख्छन्, केही साहित्यिक पत्रपत्रिका र सङ्घसंस्थामा आवद्ध रहेर नेपाली वाङ्मयको उत्थानमा क्रियाशील रहन्छन् । यसकै सिलसिलामा उनी हाइकु विधालाई रोजेर आफ्नो पहिलो कृति ‘दामको पूजा’ (२०७०, कात्तिक) लिएर साहित्यिक दौडमा सहभागी भएका छन् । यहाँ उनको त्यही हाइकु सङ्ग्रहका बारेमा थोरबहुत टिप्पणी, सुझाव, सल्लाह र गुनासो व्यक्त गर्ने जर्मको गरिएको छ ।  विक्रम शिशिर राम्रा कलाकारिता भएका व्यक्ति हुन् । उनलाई कला र कुचीको सहायताले मात्र चिनाउन खोजियो भने अन्याय हुनेमा दुई मत राख्नैपर्दैन । किनभने शिश...

साहित्यकार बद्री ढकाल हिरामणिको द्विभाषिक लघुकथासङ्ग्रह मुकुर (Speculum) २०८२, आवरण त्रिजल झा, प्रकाशक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, नेपाली भाषा सम्पादन भेषराज गैरे, translation editor Bijay Neupane, Pramod Subedi, Book.pdf

साहित्यकार बद्री ढकाल हिरामणिको द्विभाषिक लघुकथासङ्ग्रह मुकुर (Speculum) २०८२, आवरण त्रिजल झा, प्रकाशक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, नेपाली भाषा सम्पादन भेषराज गैरे, translation editor Bijay Neupane, Pramod Subedi, Book.pdf #laghukatha #flashfiction #microstory #story https://drive.google.com/file/d/1IAPjNWJladsU9hRNkB04UgoGU_-DBMBc/view?usp=drivesdk

हाइकु केन्द्र बाँकेको हाइकु यात्रा -६ , मुक्तक संग्रह बकुल्लाको सभा विमोचन

 https://theworldnepalnews.com/archives/16689?fbclid=IwdGRjcANfQDRjbGNrA19AIWV4dG4DYWVtAjExAAEeq5u2yaj_fgu8tgtqrTJWDtjIopQmGdy7yUG7m37uNQByv4RRNtJACoE7nMo_aem_0gQo2gcR3os3YpU5TI09SA

छविलाल खड्काको मुक्तक सङ्ग्रह "बकुल्लाको सभा" लोकार्पण, नेपाल हाइकु केन्द्र बाँकेका संस्थापक अध्यक्ष बद्री ढकालको अध्यक्षतामा कोहलपुर भ्यू टावरमा सम्पन्न।

२०८२ असोज ३१, आज कोहलपुर नगरपालिकाको मुटुमा रहेको नौतले धरहरामाथि एउटा साहित्यिकको पुस्तक सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल हाइकु केन्द्र बाँकेको आयोजनामा गरिएको उक्त कार्यक्रममा साहित्यकार छविलाल खड्काको मुक्तक सङ्ग्रह "बकुल्लाको सभा" विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ महानन्द ढकालले गर्नुभएको थियो। कार्यक्रमका सभाध्यक्ष बद्री ढकाल हिरामणि, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, पुस्तकका आवरण चित्रकार आयुष्मा ढकाल,कथाकार विष्णु पादुका,मुन्द्रण व्यवसायी ढक बहादुर थारु, राधिका गैरे, गोर्ख बहादुर हमाल आदिको उपस्थित सबै सबैले उक्त विमोचित पुस्तकबाट कम्तीमा एक एक वटा मुक्तक वाचन गरेका थिए। कार्यक्रमको संचालन साहित्यकार चन्द्रावती अधिकारीले गर्नु भएको थियो।एक सय एकवटा मुक्तकहरू रहेको बकुल्लाको सभाको प्रकाशकमा डिला खड्का रहनु भएको छ ।  https://www.yugnews.com/2025/17/98825/

Infornt 8 pages of mukur, मुकर लघुकथा पुस्तकमा भएको छोटो जानकारी, प्रकाशकीय, बर्णन, विषयसूची, समर्पण आदि

Mukur , (Speculum) laghukatha (Flash Fiction) By Badri Dhakal Hiramani, 2082 Asoj or October 2025

 Cover of Latest Literature Book of micro story by Littureteur Badri Dhakal Hiramani genre Narrative , Author Badri Dhakal, language in Both Nepali and English. Cover design By Trijal Jha (3.5 yrs), Books publisher Hamro Purnima sahitya Kohalpur Banke, offset mission. Cost rupees 350 Nepali rupees and US dollar 10. https://drive.google.com/file/d/1gdvlACwDMQ7oSQSLIr4d25d-ToMR8Vxd/view?usp=drivesdk