छविलाल खड्काको मुक्तक सङ्ग्रह "बकुल्लाको सभा" लोकार्पण, नेपाल हाइकु केन्द्र बाँकेका संस्थापक अध्यक्ष बद्री ढकालको अध्यक्षतामा कोहलपुर भ्यू टावरमा सम्पन्न।

२०८२ असोज ३१,


आज कोहलपुर नगरपालिकाको मुटुमा रहेको नौतले धरहरामाथि एउटा साहित्यिकको पुस्तक सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल हाइकु केन्द्र बाँकेको आयोजनामा गरिएको उक्त कार्यक्रममा साहित्यकार छविलाल खड्काको मुक्तक सङ्ग्रह "बकुल्लाको सभा" विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ महानन्द ढकालले गर्नुभएको थियो। कार्यक्रमका सभाध्यक्ष बद्री ढकाल हिरामणि, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, पुस्तकका आवरण चित्रकार आयुष्मा ढकाल,कथाकार विष्णु पादुका,मुन्द्रण व्यवसायी ढक बहादुर थारु, राधिका गैरे, गोर्ख बहादुर हमाल आदिको उपस्थित सबै सबैले उक्त विमोचित पुस्तकबाट कम्तीमा एक एक वटा मुक्तक वाचन गरेका थिए। कार्यक्रमको संचालन साहित्यकार चन्द्रावती अधिकारीले गर्नु भएको थियो।एक सय एकवटा मुक्तकहरू रहेको बकुल्लाको सभाको प्रकाशकमा डिला खड्का रहनु भएको छ ।

 https://www.yugnews.com/2025/17/98825/

Comments

Popular posts from this blog

कृति समिक्षा ,राजेन्द्र पहाडी पर्वत 'हिरामणिको 'ठ्यौको'

उपमन्यु बद्री हिरामणि परिचय